बझाङ -
बझाङमा एक प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएको छ। जिल्लाको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवुु माथि एकजना स्थानीयद्धारा कुटपिट भएको हो । पालिकामा केही दिन अगाडीमात्रै कार्यकारीको रूपमा नियुक्त भएका प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादव लाई छविसपाथिभेरा गाउँपालिका- २ का स्थानीय अन्दाजी ३०/३१ बर्षीय मुकेश ऐडीले कुटपिट गरी घाइते बनाइएको हो ।
उक्त पालिकाका लेखापाल मुकेश थापाका अनुसार हाकिमकै कर्यकक्षमा गइ मरनासन्न हुने गरि बेलले हानेर कुटपिट गरि टाउकोमा चोट लागेको बताए । कुटपिटबाट उनको कान, टाउको र शरीरमा चोटपटक लागेको छ । ऐडी जिप चालक रहेको बुझिएको छ । ऐडीको जिप पालिकाको काममा प्रयोग भएको र पालिकाले पैसा नदिएको भन्दै हाकिम माथि हातपात गरेको खुलेको हो ।
उनले मेरो जिप प्रयोग गरेको र भुक्तानी नगरेको भन्दै उक्त निहुँमा हाकिमलाई कुटपिट गरि घाइते बनाएको खबर खुलेको छ । कुटपिटबाट घाइते भएका हाकिम यादव लाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर सिमखेत लगि उपचार भइरहेको छ । कुटपिट गरेपछि ऐडी फरार रहेका छन् ।,र उनको जिल्ला प्रहरी कार्यालय बझाङ तिव्ररूपमा खोजी कार्य गरिरहेको जनाइएको छ ।