एक थोपा रगत रहुन्जेल न्यायको लडाईँ लडिरहने छु : रवि लामिछाने

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २३ चैत २०८१ (२ हप्ता अघि)
  • ५७०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवासबाट पक्राउ पर्नुअघि भिडियो सन्देश सार्वजनिक गरेका छन् । उनले उक्त भिडियो सन्देशमा आफूलाई बिना कुनै पुर्जी प्रहरीले बेडरुममा पुगेर धरपकड गरेको बताएका छन् । उनले उक्त भिडियो सन्देशमा एक थोपा रगत रहुन्जेल न्यायको लडाईँ लडिरहने पनि उल्लेख गरेको छन् ।

यस्तो छ उनले सार्वजनिक गरेको भिडियो सन्देशको पूर्ण अंशः 

सम्पुर्ण आमाबुवा तथा दाजुभाई दिदिबहिनीहरु,
मेरो घरमा प्रहरी आएको छ । मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ । तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिइएको छैन । कागज पनि दिएको छैन । मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ । उताबाट आदेशभन्दा पहिला तैनाथ हुने यो सबै चिजले एउटा ठूलो आशंका सिर्जना गरेको छ । मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु । कानुनलाई मानेकै छु । म पहिला पनि आफैँ उपस्थित हुन गएको हुँ । अहिले पनि सार्वजनिक गरेकै छु । तर यो राज्य आतंक, यो धरपकड ममाथि के कारण भईरहेको छ मैले बुझ्न सकेको छैन । भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनुहोला । मलाई लागेको थियो म केही कुरा भन्छु भनेर तर जुन तरिकाले अहिले सामान्य अभ्यासभन्दा पर गएर जवरजस्ती गर्ने कोशिस, बिना कागजपत्र, छ होला, ल्याउनुहुन्छ होला । ल्याउन सकिने पनि थियो । त्यो लिएर आएर लैजानसकिन्थ्यो । भोलि लैजान सकिन्थ्यो । मेरा लागि कुनै प्रक्रिया पुरा गर्न मानेको छैन । आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ । मैले यसैपनि गिरफुतारी दिन्छु भनेको हो । भनेर बसेकै छु । जे होस्, आम नागरिकले यो सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ । न्यायको लडाईँ म एकथोपा रगत रहुन्जेल लडिरहन्छु । यहाँहरुले साथ दिनुहुन्छ भन्ने विश्वास मैले लिएको छु । मैले कुनै गलती गरेको पनि छैन, कुनै अपराध गरेको पनि छैन । तर संसारकै सबैभन्दा ठूलो अपराधिलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने विश्वास मैले लिएको छु । धेरै केही भन्दिन म, सम्मानित अदालतप्रति अझैपनि आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउन लागि परिरहेको छु । यो दुनियाँका जतिपनि न्यायलयका ढोकाहरु छन्, ति सबै ढोका ढक्ढक्याउँछु । मलाई थाहा छ, यहाँहरुले सबै कुराको साक्षी बसेर हेरिरहनुभएको छ होला भन्ने विश्वास लिएको छु । यति जानकारी दिन उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु । चितवनमा जतिपनि मेरा आदरणिय मतदाता आमाबुवा, दाजुभाई, दिदिबहिनी हुनुहुन्छ, भोलिको कार्यक्रम नरोक्नुहोला । अन्य साथीहरु आउनुहुन्छ । उहाँहरुले कुराकानी गर्नुहुनेछ । निरन्तर चलिरहनेछ । मलाई यिनीहरुले हत्या नै गरेछन् भनेपनि नेपाली मतपत्रमा घण्टी चुनावचिन्ह बसेको छ । एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौँ । निरन्तरता प्रदान गर्नुहोला । म कानुनी लडाईँमा छु । नमस्कार ।

अन्तिम अध्यावधिक: २३ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस