बालेनलाई लिङदेनको आग्रह : हिरो भएर पत्र नकाट्नुस

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २६ चैत २०८१ (२ हप्ता अघि)
  • १३७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले फोहोर गरेको भन्दै पत्र नकाट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आग्रह गरेका छन् । बल्खुमा आयोजित सभाको फोहोर आफूहरूले नै सफा गर्ने भन्दै उनले हिरो भएर पत्र नकाट्न आग्रह गरे ।

उनले सूचना सुनाए, “बालेनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्छु । हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु । केही पनि फोहोर रहनेछैन ।” फोहोर गरेबापत् यसअघि राप्रपाले महानगरलाई जरिवाना तिर्नुपरेको थियो ।

अन्तिम अध्यावधिक: २६ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस