कञ्चनपुर : बेलौरीमा पुरुष भेट्रान भलिबल प्रतियोगिता शुरु, पूर्वमन्त्री देउवाद्वारा उद्घाटन

होमपेज / खेलकुद / समाचार /
  • चन्द्रिका चौधरी
  • २८ चैत २०८१ (१ हप्ता अघि)
  • ३३२

बेलौरी, कञ्चनपुर

बेलौरीमा बिहीबारदेखि तेस्रो नगरपालिका स्तरीय पुरुष भेट्रान भलिबल प्रतियोगिता सुरु भएको छ। बेलौरी नगरपालिका वडा नम्बर ७ खेलकुद सञ्चालन समितिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उद्धाटन गरेका छन्। उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री देउवाले, “खेलकुदले अनुशासन, सहकार्य र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछ,” भन्दै भेट्रान खेलाडीहरूबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने उल्लेख गरे।

उनले यस्ता प्रतियोगिताले समुदायमा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गर्दै भने, “आगामी दिनमा खेल क्षेत्रको पूर्वाधार विकासका लागि सबै पक्षको सहकार्य आवश्यक छ।”

त्यसैगरी, कार्यक्रममा बेलौरी नगर प्रमुख पोतीलाल चौधरीले भने, “खेलकुदले सामाजिक रूपान्तरण र नेतृत्व विकासमा टेवा पुर्‍याउँछ।” उनले युवाहरूलाई सकारात्मक बाटोमा डोऱ्याउन खेलकुद प्रभावकारी माध्यम भएको उल्लेख गर्दै, “नगरपालिकाले यस्ता प्रतियोगितामा निरन्तर समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,” मेयर चाैधरी भने,- भेट्रान खेलाडीहरूको अनुभव र योगदानलाई सम्मान गर्दै, “नयाँ पुस्ताले उनीहरूबाट सिक्नुपर्छ।”

कार्यक्रमका सभाध्यक्ष एवम् वडा नम्बर ७ का अध्यक्ष प्रकाश श्रेष्ठले “भेट्रान भलिबल पुराना खेलाडीहरूको अनुभव आदानप्रदान गर्ने एक अवसर रहेको बताउँदै भेट्रान उमेर समूहका खेलाडीहरुकाे स्वास्थ्यका लागि पनि अत्यन्त उपयोगी रहेको बताए।”उनले प्रतियोगिता निरन्तरताको कामना गर्दै खेलमा आमन्त्रित एवम् सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् ।

आयोजक समिति अध्यक्ष तेजबहादुर चन्दका अनुसार, ४० वर्षमाथिका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा धनगढी, महेन्द्रनगर र स्थानीय गरी कुल ७ टिम सहभागी छन् । उनले भने, “खेलकुदले स्वास्थ्य र सामाजिक एकता प्रवर्द्धन गर्ने भएकाले आगामी दिनमा अझ व्यापक सहभागिता सहित प्रतियोगिता आयोजना गरिनेछ।”

खेल समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी एवम् खेलप्रेमी महानुभावहरुकाे उल्लेखनीय सहभागीता रहेको थियोे ।

उक्त डे- नाइट भलिबल प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

अन्तिम अध्यावधिक: २८ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस