शिक्षकहरूलाई प्रधानमन्त्रीले भने- भावनामा बगेरमात्र समस्याको समाधान हुँदैन

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २९ चैत २०८१ (१ हप्ता अघि)
  • ३८८

शिक्षक आन्दोलनबारे उनको भनाइ,

शिक्षकहरू प्रदर्शनमा हुनुहुन्छ, मैले अस्ति पनि भनेको आन्दोलनमा गइराख्न आवश्यक थिएन । ऐन पहिलादेखि रोकिएर बसेको छ, त्यसलाई हामी तुरुन्त ल्याउछौं भनेका छौं । उपयुक्त ढंगले ऐन ल्याउछौं, आफ्नामात्रै इन्ट्रेस हेरेर, आफ्ना मात्रै हितहरू हेरेर हुँदैन । राष्ट्रिय हित कसरी हुन्छ राष्ट्रको क्षमता के छ ? राष्ट्रिय अर्थतन्त्रको स्थिति के छ र सरकारले अहिले के गर्न खोजिरहेको छ भन्ने बुझेर मात्रै यस्ता कुराहरुको समाधान खोज्नुपर्छ ।

शिक्षक साथीहरूलाई म भन्न चाहन्छु भावनामा बगेर समस्याको समाधान हुँदैन । सरकार हरेक समस्याको समाधान गर्न चाहन्छ, तपाईंहरूका पीर-मर्का हटाउन चाहान्छ, तपाईंहरूका समस्या समाधान गर्न चाहन्छ, तपाईंहरूले पनि बुझ्नु पर्‍यो नि ! त्यसैले म आग्रह गर्न चाहन्छु समस्या छन्, ती समस्या समाधान गर्नको लागि नै अहिलेको सरकार बनेको हो । त्यसैले आन्दोलनमा गइराख्नुपर्ने कुनै आवश्यकता छैन ।

यस्तै, प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।

उनले उपकुलपति प्राडा केशरजंग बरालले काम गर्न नसकेर राजीनामा दिएको आरोप लगाए ।

अन्तिम अध्यावधिक: २९ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस