प्रहरी प्रधान कार्यालयद्धारा कर्मचारीको राजीनामा स्वीकृत नगर्न निर्देशन

होमपेज / मुख्य समाचार / विविध /
  • रेडियो सुदूर सञ्चार
  • ३० चैत २०८१ (१ हप्ता अघि)
  • ३६८

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ । जारी आन्दोलन, प्रदर्शनलगायतलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयले कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सबै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । प्रधान कार्यालयको यो निर्देशनसँगै अर्को आदेश नभएसम्म राजीनामा स्वीकृत हुने छैन ।

हालसातै काठमाडौं केन्द्रित भएर विभिन्न आन्दोलन र प्रदर्शन भएका थिए । अहिले पनि शिक्षक, आवासीय चिकित्सक, लगायत अन्य संघ, संगठन, संस्था र समूहका आन्दोलन जारी नै छन् । राजावादिहरुले गरेको प्रदर्शन हिंसात्मक बनेपछि अहिले आन्दोलन र प्रदर्शनमा ठूलो मात्रामा प्रहरी खटाइने गरिएको छ ।

अन्तिम अध्यावधिक: ३० चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस