नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधानमन्त्री ओली

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • ३१ चैत २०८१ (६ दिन अघि)
  • २१७

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको दाबी गर्नुभएको छ ।

एमाले झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरतासँगै सुशासन र विकासका काम भएका दाबी गर्नुभएको हो । उहाँले ढुङ्गा हानेका भरमा राजनीति गर्न खोज्नेहरुलाई नागरिकले नपत्याएको पनि बताउनुभयो ।

आन्दोलनका नाममा बैँक डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले नागरिकले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्ने भ्रम नपाल्न प्रधानमन्त्री ओलीको सुझाव छ । 

अन्तिम अध्यावधिक: ३१ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस