बेलौरी, कञ्चनपुर -
कञ्चनपुरमा लागूऔषध र बहुबिबाह मुद्दाका फरार ३ जना पक्राउ परेका छन् ।
जिल्ला अदालत कञ्चनपुरले लागूऔषध मुद्दामा ९ महिना १२ दिन कैद सजाय तोकेपछि फरार रहेका बेलौरी नगरपालिका-६ दुम्ली बस्ने ३६ वर्षीय उमेश बिष्ट पक्राउ परेका छन् । बिष्टलाई बुधवार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।
लागूऔषध मुद्दामै जिल्ला अदालत कञ्चनपुरले ३ महिना कैद सजाय तोकेपछि फरार रहेका कैलालीको गोदावरी नगरपालिका-९ बस्ने २० वर्षीय सुवास राना पक्राउ परेका छन् । यसैगरी जिल्ला अदालत कञ्चनपुरले बहुबिबाह मुद्दामा १० हजार जरिवाना तोकको भीमदत्त नगरपालिका-१२ बस्ने ४४ वर्षीय मोहन सिंह बिष्टलाई पक्राउ गरेको छ । बिष्टलाई बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अदालतमा पेश गरेको छ।