तोलामा १ लाख ९० हजार नाघ्यो सुनको भाउ

होमपेज / अर्थ / मुख्य समाचार /
सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ
  • रेडियो सुदूर सञ्चार
  • ४ बैशाख २०८२ (२ दिन अघि)
  • २२५

सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।

अन्तिम अध्यावधिक: ४ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस