आईपीएल क्रिकेट : आज बेङ्गलुरु र पन्जाब खेल्दै

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ५ बैशाख २०८२ (१ दिन अघि)

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज  रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् । बेङ्गलुरुमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

बेङ्गलुरु ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा समान अङ्क रहेको पन्जाब रनरेटका आधारमा चौथो स्थानमा छ ।

यसअघि हिजोको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई चार विकेटले हराएको थियो । आईपीएलमा १० अङ्क रहेको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ । 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस