बेलाैरी, कञ्चनपुर —
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ कमरीका एक किसान मंगलबार बिहान दर्दनाक अवस्थामा मृत फेला परेपछि गाउँमा सनसनी फैलिएको छ।
अन्दाजी ५० वर्षीय हरिकिसन रानाको शव बेलौरी नगरपालिका–१० शिवनगर (निर्मल घाट) नजिकको सडक किनारमा जलेको अवस्थामा भेटिएपछि गाउँमा सनसनी मच्चिएको हाे । उनलेे चलाएको माेटरसाइकल समेत पूर्णरुपमा जलेर नष्ट भएको अवस्थामा भेटिएको थियोे ।
बिहानको सामान्य दिन, तर अन्त्य भयावह
स्थानीय स्रोतहरूका अनुसार राना बिहान ४:३० बजे तिर उठेर गाईभैंसीलाई घाँस खुवाँइ मोटरसाइकलमा कलकत्ता बजार जान घरबाट निस्किएका थिए। तर केही घण्टामै उनको शव जलेको अवस्थामा भेटिएपछि गाउँ शाेकमा डुबेको छ।
निर्मल घाट नजिकैको - घटनास्थल
मोटरसाइकल: पूर्ण रूपमा जलेको, चिन्न नसकिने गरी क्षतिग्रस्त।
शव: जलेको, पहिचान कठिन ।
मोबाइल फोन, विजुलीकाे विल र केही नगद रकम: घटनास्थलमै सुरक्षित अवस्थामा फेला परेको कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जाेशीकाे भनाइ ।,
स्थानीयको प्रतिक्रिया : न्यायको माग
स्थानीय जनप्रतिनिधि तथा बेलडाँडी ३ का वडाध्यक्ष दुर्गा चौधरीका अनुसार घटना निकै शंकास्पद रहेको छ। “बिहान मर्निङ वाक गर्नेहरूले मोटरसाइकल जलिरहेको देखे तर मान्छे देखेनन्। पछि शव पनि जलेको अवस्थामा भेटियो,” उनले भने ।
मृतकका परिवारजनले याे घटना, दुर्घटना नभई हत्याकाे आशंका गरेका छन् । उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरि दाेषीलाई कार्वाहीको माग अघि सारेका छन् ।
प्रहरीको अनुसन्धान जारी, एसपी जाेशी फिल्डमा
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी घटना स्थल पुगेर आफैं अनुसन्धानमा खटिएका छन् ।
प्रहरीले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान सुरु गरेकाे छ एसपी जाेशीले भने, “यतिबेला घटनास्थलको मुचुल्का उठाइसकिएको छ भने विभिन्न पक्षबाट अनुसन्धान समेत अघि बढाइएको छ।,
रेडियो सुदूर सञ्चार संगकाे टेलिफोन संवादमा “हामी फरेन्सिक परीक्षण, मोबाइल विवरण र प्रत्यक्षदर्शीका आधारमा निष्पक्ष छानबिन गरिरहेका छौँ,”जोशीले भने, “ थप अनुसन्धान जारी छ।”
त्रास फैलिएको गाउँ, दोषीमाथि कडा कारबाहीको माग
स्थानीयबासी, सामाजिक अगुवा र नागरिक समाजले घटनाको निष्पक्ष छानबिन गर्दै दोषी उपर कानुनी कारबाही गर्न माग गरेका छन्। घटना रहस्यमय बनेको हुँदा गाउँमा असुरक्षा र त्रासको माहोल रहेको जनाइएको छ।