सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा आज विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको दाबी गर्नुभयो । सत्ता समीकरण फेरबदल हुन सक्ने भनेर चर्चा भइरहेका बेला उहाँले त्यो हल्ला मात्रै भएको प्रतिक्रिया दिनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कारणले छिट्टै ढल्ने बताउँदै आउनुभएको छ । प्रचण्डले नयाँ गठबन्धनबारे कांग्रेस सभापति देउवा स्वदेश फर्किएपछि कुरा हुने समेत बताउनुभएको छ ।
देउवा स्वास्थ्य उपचारका लागि भन्दै गएको आइतवार थाइल्यान्डको बैंकक जानुभएको थियो ।