कञ्चनपुर : अटोबाट खसेर एक जनाको मृ*त्यु

होमपेज / घटना / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १२ बैशाख २०८२ (३ दिन अघि)
  • १७१४

कञ्चनपुर -

कञ्चनपुरमा चलिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा चलिरहेको अटोबाट सोही ठाउँका निराजन ठगुन्नाको मृत्यु भएको हो । अटोबाट खसेर घाईते भएका ठगुन्नाको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अटो चालक जयदेव ठगुन्नालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: १२ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस