बेलौरी : हात्तीपीडित परिवारलाई आर्थिक शैक्षिक सहयोग

होमपेज / मुख्य समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • १३ बैशाख २०८२ (२ दिन अघि)
  • ३८४

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरका हात्तीपीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । गत असोजमा जंगली हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका दुई पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो । रर्फड ग्राण्टको आर्थिक सहयोगमा संचालित मानव हात्तीद्वन्द्व न्यूनीकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजना मार्फत हात्ती पीडित परिवारलाई नगदका साथै शैक्षिक समाग्री सहयोग गरिएको जनाईएको छ । 
मानव हात्तीद्वन्द्व न्यूनीकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजना संयोजक डा. बलराम अवस्थीले गत असोजमा जंगली हात्तीको आक्रमणमा परेर मारिएका लालझाडी गाँउपालिका ४डाँगाजाईका रामदल राना र बेलौरी नगरपालिका ६ ढक्काचाँदरका उमेश चौधरीको परिवारलाई आर्थिक एव शैक्षिक सहयोग गरिएको बताए । 

परियोजना संयोजक डा. अवस्थीले बन्यजन्तु पीडित परिवारको शैक्षिक आर्थिक, समाजिक क्षेत्रमा सहयोग पु¥याउने उदेश्यका साथ हात्तीबाट मारिएका राना, चौधरी परिवारलाई नगद १०÷१० हजारका  साथै आश्रित परिवारका बालबालिकाहरुलाई शैक्षिक समाग्री जस्तै कापी, कलम, पेन्सिन वितरण गरिएको छ । स्थानीय जनप्रतिनिधी, सरोकारवालाको उपस्थितिमा दुवै परिवारलाई सहयोग गरिएको हो । 
मृतक उमेशका बाबु जोगराज चौधरी र अर्का मृतक रामदल रानाकी श्रीमती चन्द्रावती रानालाई नगद रकम एव शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ । चौधरीको मैनाह जंगल र रानाको उखुखेतमै हात्तीले आक्रमण गरेर ज्यान लिएको थियो । यसरी दुवै हात्ती पीडित परिवारको घरमै आएर आर्थिक, शैक्षिक सहयोग  पाएपछि हर्षित भएका छन् । 

बेलौरी नगरपालिका ६का वडाध्यक्ष चौधरीले पछिल्ला दिनहरुमा हात्ती मानव बस्तीमा पस्न थालेपछि चुनौती थपिएको बताए । वडाध्यक्ष चौधरीले हात्ती नियन्त्रणका लागि योजना अघि सार्नुपर्नेमा  जोडदिएका छन् । मानव हात्तीद्वन्द्व न्यूनीकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजनाले पछिल्ला वर्षहरुमा कञ्चनपुरमा मानव बन्यजन्तुविच द्वन्द्व न्यूनीकरणले सुरक्षाका क्षेत्रमा समुदाय स्तरमा कार्यक्रम गर्दै आएको छ । कञ्चनपुरका झण्डै एक दशकदेखि ठुला बन्यजन्तु हात्ती, बाघ, चितुवा, गैडाको आक्रमण बढ्न थालेपछि नागरिक त्रसित भईरहेका छन् । 

सिद्धनाथ विज्ञान क्याम्पसका उपप्राध्यापक समेत रहेका मानव हात्तीद्वन्द्व न्यूनीकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजना संयोजक डा. बलराम अवस्थीले मानव बन्यजन्तु दुवैको सहअस्थित्वका कार्यक्रम संचालनका लागि  सरोकारवाला निकाय सचेत हुनुपर्नेमा  जोडडदिएका छन् । 

अन्तिम अध्यावधिक: १३ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस