बेलाैरी, कञ्चनपुर -
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज र भाेलि कञ्चनपुरमा हुनेछन्। माओवादी केन्द्रकाे हुलाकी राजमार्ग केन्द्रित "जनता संग माओवादी तराई–मधेश जनजागरण अभियान" अन्तर्गत अध्यक्ष 'प्रचण्ड' कञ्चनपुर पुग्न लागेका हुन् ।
साेमबार देखि कैलालीमा विविध कार्यक्रम गर्दै अभियान सञ्चालन गरिरहेको माओवादीले टीकापुरमा कार्यक्रम सम्पन्न गरि आज (मंगलबार) साँझ धनगढी हुँदै कञ्चनपुर प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका नेता अमर सिंह चाैधरीले जनाए । पार्टी सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका चौधरीले भने - "कैलालीका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गर्दै टाेली साँझ कञ्चनपुर पुग्ने छ।,
उनका अनुसार टीकापुरस्थित सत्ती कर्णाली पुलमा स्वागत गरी अभियान, सहिद परिवार भेटघाट सम्पन्न भइ सकेको छ, भने १७ गते महेन्द्रनगरमा पुगेर अभियानको भव्य समापन गरिनेछ।,
कार्यक्रममा बिहान मर्निङ वाक, सहिद परिवारसँग भेटघाट सकेर अहिले झुंगामा जनसभा, बैसनपुर र धनगढीमा सहिद परिवारसँग अन्तरक्रिया आयोजना भइरहेको छ उनलेे भने-, त्यसपछि साँझ धनगढी भन्सार हुँदै डोकेबजारबाट कञ्चनपुर प्रवेश गरिने छ।,
यता, कञ्चनपुरको पुनर्वास नगरपालिकामा स्वागत तथा भेटघाट कार्यक्रम, मोतीबस्तीका सहिद परिवारसँग छलफल, १७ गते बिहान पुनर्वास देखि बेलाैरी प्रचण्डको मर्निङ वाक, रामनगरमा खानेपानी उद्घाटन, सहिदको सालिकमा माल्यार्पण, शोभाताल अवलोकन, सीमा अवलोकन, बेलाैरी नगरपालिकामा अन्तरक्रिया गरि, बेलडाँडी र बेदकोटमा स्वागत तथा भेटघाट कार्यक्रम तय गरिएको जनाइएको छ।,
यस्तै, बुधबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको संविधान चोकमा सभाका साथ अभियानको समापन गरिनेछ।
यस अभियानमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित शीर्ष नेताहरूको सहभागिता रहनेछ। प्रचण्डको उपस्थिति रहने भएकाले अभियानलाई सफल पार्न नेता तथा कार्यकर्ताहरू सक्रिय रुपमा खटिएको नेकपा माओवादी केन्द्रका नेता पाेतीलाल चाैधरीले बताए।
बेलाैरी नगरका मेयर समेत रहेका चाैधरीले भने, "पार्टीले संचालन गरेको अभियानलाई हाम्रो जिल्लामा सफल बनाउन हामी सबै नेता तथा कार्यकर्ता जिम्मेवारीका साथ खटिएका छौँ।"
पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा हुने अभियान सफल पार्न सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणि पोखरेल लगायत दुबै जिल्लाका तथा प्रदेशका नेता कार्यकर्ताहरू युद्धस्तरमा सक्रिय रहेका छन् उनलेे भने ।,
हुलाकी राजमार्ग केन्द्रित अभियानपछि पार्टीले मध्यपहाडी लोकमार्गमा समेत अभियान सञ्चालन गर्ने जनाएको छ।