पुनर्वास, कञ्चनपुर -
नेकपा माओवादी केन्द्रको कञ्चनपुरमा अभियान शुरु भएको छ । मंगलबारदेखि शुरु भएको अभियान बुधबार दिनभर संचालन हुने जनाएको छ । बुधबार बिहानै पूर्व प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितका नेता कार्यकर्ताहरुले पुनर्वासमा मर्निङ्ग वाक गरेका छन् ।
यस पछिका पुनर्वास, बेलौरी, बेलडाँडी, बेदकोट र भीमदत्त नगरपालिकामा दिनभर अभियानका विवित कार्यक्रम हुनेछन् । पूर्वी नेपालको झापादेखि शुरु भएको नेकपा माओवादी केन्द्रको अभियान सुदूरपश्चिम प्रदेश कञ्चनपुर पुगेको छ । सोमबार कैलाली पुगेको अभियान मंगलबार दिनभर कैलाली सकेर कञ्चनपुर पुगेको हो ।
हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको थियो । सुपको कैलालीको टीकापुरदेखि शुरु गरिएको अभियान धनगढीसम्म विवित कार्यक्रम गरेर (मंगलबार)साँझ कञ्चनपुर अभियान टोली पुगेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल)ले कैलालीका विभिन्न स्थानमा अभियान जिल्लाको दक्षिणी पूर्वी नाका डोकेबजार भएर कञ्चनपुर पुगेको बताए ।
टीकापुर स्थित सेती कर्णाली पुलमा स्वागत गरेर अभियान संचालन गर्दै पुर्वी तराईकै जिल्ला जस्तै बिहान मर्निङ्ग वाक, सहिद परिवारसंग भेटघाट, टीकापुर झुंगामा जनसभा, बैसनपुर धनगढीमा सहिद परिवारसंग भेटघाट, अन्तरकृया गरेर धनगढी भन्सारदेखि डोकेबजारबाट कञ्चनपुर प्रवेस गरेको हो ।
१६ बैशाख कञ्चनपुरको डोकेबजारमा प्रवेस गरेर हुलाकी राजमार्ग केन्द्रीत हुने जनाएको छ । पुनर्वास नगरपालिका स्वागत एंव भेटघाट कार्यक्रम, मोतीबस्तीका सहिद परिवारसंग भेटघाट छलफल, रामनगर खानेपानी उद्घाटन, सहिदको सालिकमा माल्यार्पण, शोभाताल अवलोकन, बेलडाँडीमा स्वागत भेटघाट, बेदेकोटमा स्वागत भेटघाट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर संविधान चोकमा सभा राखेर अभियानको समापन गरिने छ । अभियानको तयारीका लागि कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त नगरपालिका सहितका पाटी कमिटी तयारीमा जुटेका छन् । सुदूरका तराईका जिल्ला कैलाली कञ्चनपुरमा हुने अभियानमा पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल(प्रचण्ड) सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष सहितका शिर्ष नेता अभियान समापनका लागि कञ्चनपुर आउने भएपछि नेता कार्यकर्ताहरु खटिएका छन् । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरुलाई लिएको जिम्मेबारी अनुरुप खटिएको बताए ।
‘पाटीले संचालन गरेको अभियान हामीले पनि हाम्रो जिल्लामा सफल समापन गर्नका लागि खटिएका छौँ, ‘उनले भने, ‘चरण चरणमा बैठकदेखि जिम्मेवारी लिए अनुरुप सबै नेता कार्यकर्ता खटिएका छौँ ।’ पाटी अध्यक्ष प्रचण्ड नेतृत्वमै हुने अभियान सफल पार्नका लागि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल सहितका दुुवै जिल्ला सहित प्रदेशकै नेता कार्यकर्ताहरु खटिएका छन्। अभियानले पाटी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई पाएको जिम्मेबार युद्धस्तरमा निर्वाह गरिरहेका छन् । हुलाकी राजमार्ग केन्द्रीत अभियान सकेपछि मध्य पहाडी मार्गमा समेत संचालन गरिनेछ । यसरी पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले जनताकै घरदैलो केन्द्रीत गरेको अभियानले नागरिक समेत उत्साहित भएका छन् ।
हुलाकी राजमार्ग क्षेत्रका नागरिक सहित नेता कार्यकर्ताहरु प्रचण्डसंगै शिर्ष नेताहरुसंग एकसाथ मर्निङवाक, छलफल अन्तरकृया, भोजन ग्रहणदेखि दिल खोलेरै छलफल गरिरहेका छन् ।