हाम्रो बारेमा

रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज  

बेलौरी - ४  कञ्चनपुर                                                              
परिचय,

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका - ४ बेलौरी बजारमा सञ्चालित रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज क्षेत्रकै पहिलो रेडियो स्टेशन हो । सदरमुकाम महेन्द्रनगर बाट दक्षिणतर्फ करिब ४४ किलो मिटर टाढा र भौगोलिक हिसाबले ठूलाे अनि विकट क्षेत्रका रुपमा यस दक्षिणी क्षेत्रलाई दर्शाउन सकिन्छ ।

पूर्वमा धनगढी, पश्चिममा भारत उत्तरमा महेन्द्रनगर र दक्षिणमा पनि भारतको मध्यकेन्द्र बिन्दुमा सञ्चालित एउटै पहिलो एफ.एम स्टेशन रेडियो सुदूर सञ्चार हो ।,

यस सञ्चारले विशेषगरी विकासका लागि बहस छलफल र निष्कर्षमा जोड दिने कार्यक्रम सञ्चालन गर्दै - सामाजिक विकृती विसंगति हटाई समुन्नत समाज निर्माणका लागि जन-चेतना फैलाउन कटिबद्ध छ ।

साथै समाजमा छुटेका आवाज र टुटेका सपनालाई जाेड्दै नागरिककाे न्यायका लागि सरकारकाे ध्यानाकर्षण गराउन दृढ संकल्प गरेका छाै । हामी हाम्राेे काम, कर्तव्य, पेशा प्रति उत्तरदायी छाैं र रहने छौं ।

कञ्चनपुर मिडिया प्रा.लिद्वारा सञ्चालित रेडियो सुदूर सञ्चारले नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय / सूचना विभागबाट २०७० बैशाख २४ गते प्रशारणको अनुमति प्राप्त गरेको हो ।

२०७० भाद्र ५ गते पूर्णिमाको दिन परीक्षण प्रसारण शुरु गरेको यस रेडियो सुदूर सञ्चारले नियमित प्रसारण ०७० असोज १ गते गरेको थियो । भने बिहान ५ देखि राती ११ बजे सम्म दैनिक १८ घण्टा नियमित प्रसारण भइरहेको छ ।

 

 लक्ष्य र उद्देश्य
– समाज रुपान्तरण र दिगो विकासका लागी - विशेषगरि विकासमा बहस, छलफल र निष्कर्षमा जोड दिने प्रयास ।
भ्रष्टाचार, सामाजिक विकृती विसंगति हटाइ समुन्नत समाज निर्माणका लागी जनचेतना फैलाउने ।
– नागरिकलाई सूचनाको हकबाट विमुख नराख्ने ।
– चेलिवेटि बेचविखन, मानव अधिकार हनन् र अन्यायमा परेका वर्ग लिङ्ग र समुदायलाई न्यायका लागि दिशानिर्देश गर्ने गराउने ।
– सीमा सुरक्षामा विशेष निगरानी, जनताको असली सूचक, समयको सूचना समयमै, साथमा संगीतमय मनोरञ्जन ।
– प्रहरीहरुको प्रहरी 
"सुदूरपश्चिम को असली पहरेदार" रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज  ।

कार्यक्रम र स्रोता

– बिषेश गरी खबर र बहस मुलक कार्यक्रमहरु साथमा वहुभाषी आवाजहरुमा विभिन्न सूचना,सन्देश ।
 – समस्या, समुदाय र लक्षितवर्ग लाई समेटिने कार्यक्रम ।
–कञ्चनपुर, कैलाली, डाेटी, डडेल्धुरा र आसपासका क्षेत्र लगायत समाजिक सञ्जाल फेसबुक मार्फत अडियो भिडियो सहित ताजा खबर संसारभर ।

अनलाइन - www.radiosudursanchar.com मार्फत विश्वभर एकसाथ सुन्न सकिने व्यवस्था रहेको रेडियो सुदूर सञ्चार सुदूरपश्चिम नेपालकाे एक विश्वासिलो सञ्चार माध्यम हाे ।

 कार्यक्रम र विज्ञापन

ढुक्क हुनुहोस,  व्यवसायिक प्रमोसनका लागी सुदूर पश्चिमको सबै भन्दा फरक र भरपर्दो माध्यम हो रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज,  तपाई आफ्नो व्यवसायमा व्यस्त,मस्त र स्वस्थ रहनुहोेस् तपाईको व्यापार–व्यवसायलाई सुदूर पश्चिम लगायत विश्वभर फैलाउने जिम्मा हाम्रो,  हामी संगको सहकार्य पछि तपाई भन्नुहोस ! राम्रो कि नराम्रो सुदूर सञ्चार हाम्रो ?

विज्ञापन र प्रसारण सम्बन्धी

विज्ञापनदाता संग लिखित सहमति पछि मात्रै विज्ञापन प्रसारण शुरु हुन्छ । विज्ञापन प्रसारण बाफत जम्मा हुन आउने रकम अग्रीम भुत्तानी गर्नु पर्ने छ । करार अवधि भित्रै विज्ञापन प्रसारण रोक्नु परेमा विज्ञापन दाताले रेडियो सुदुर सञ्चारलाई लिखित जानकारी गराउनु पर्नेछ । त्यस पछि मात्र विज्ञापन रोकिन सक्छ ।

रेडियो सुदुर सञ्चारले आफ्नो स्टुडियोमा उत्पादन गरेको कुनै पनि विज्ञापन अनुमति विना कहि कतै लिन र प्रसारण गर्न पाईने छैन । प्रतिस्पर्धात्मक बजारमा हाम्रो छुुट्टै शान, पहिचान र स्थान छ ।

होच्याउने समाजमा नकारात्मक प्रभाव पार्ने, भ्रम फैलाउने , राष्ट्र राष्ट्रियता र आम नागरिकलाई आघात पुग्ने गरि तयार पारिएका वा पारिने कुनै पनि सामग्री रेडियो सुदूर सञ्चार बाट  उत्पादन, सम्पादन, प्रकाशन तथा प्रसारण हुने छैनन् । धन्यवाद 

Ph- 099-580193 
website- www.radiosudursanchar.com
Email -  [email protected]
Mobile- 9851018542 

न पक्ष न विपक्ष, सधैं निश्पक्ष    

छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस